फोक्स नेपाल ,संवाददाता । नेकपा माओवाद पार्टीबाट बागिभएर स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिएका विष्णु लामाले पानीको धारा छाप चुनाव चिन्ह पाएका छन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालय महोत्तरी बर्दिवासले विष्णु लामालाई पानीको धारा छाप चुनाव चिन्ह दिएको हो ।
शुभकामना

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेकपा माओवादको तर्फबाट प्रदेशसभा सदस्यको आकांक्षी रहेका विष्णु लामालाई पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
टिकट नपाएर पार्टीसँग तालमेल नमिलेपछि विष्णु लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । जिल्ला भरिमै राम्रो छवि बनाउन सफल भएका विष्णु लामा यस क्षेत्रबाट उठेका अन्य उम्मेदवारमाथि भारी पर्ने सम्भावना देखिएको छ ।














