बीरगन्ज, फागुन १६ गते । भन्सार छलेको सामान लिएर बीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना.६ख ६२ नम्बरको लत्ताकपडा बोकेको ट्रक पर्साको बीरगन्ज महानगरपालिका–२५ सिर्सियाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले बताए ।
शुभकामना

ट्रकमा ९२ लाख ८८ हजार बराबरको बिल बिजक भन्दा धेरै मालबस्तु लोड गरेको भेटिएको छ । सो ट्रकलाई अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसनधान कार्यालय पथलैयामा बुझाइएको डिएसपी गिरीले जानकारी दिए ।














