शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी, फागुन २७ गते ।महोत्तरीमा भान्सा घरमा बालेको चुल्होबाट आगो सल्केर आगलागी हुँदा जलेर दुईजनाको अवस्था गम्भीर भएको छ ।

शनिबार बिहान अढाई बजे बलवा नगरपालिका ४ परौल टोल स्थितमा बस्ने रामसागर यादवको खपडाको छानो, बाँसको टाटिको बेरा लगाएको १ तले कच्ची भान्सा घरमा बालेको चुल्होबाट अचानक आगो सल्कन गई आगलागी हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरी निरीक्षक सरोज राईका अनुसार आगलागीबाट घरमा आंशिक रुपमा क्षति भएपनि दुईजनाको अवस्था गम्भीर रहेको छ ।

आगोमा जलेर गम्भीर घाइते भएका बलवा ४ बस्ने ५२ वर्षीय जयकरण यादव र ५० वर्षीय चन्दर देवीलाई प्रादेशिक अस्पताल जनकपुरमा समान्य उपचार पश्चार थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको उनले बताए ।

२०७९ फाल्गुन २७, शनिबार १३:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय