शिव मारुती ज्वेलर्स

गणेश कुशवाहा,संवाददाता । ठेकेदारको लापरबाहीका कारण एक जनाको मृत्यु भएको छ । रौतहटको गौर चपुर राजमार्ग स्थित जयनगर हस्पिटल नजिक रोडमा कल्भर् निर्माण भइरहेको कल्भर्ट लडेर मृत्यु भएको छ।

उक्त कल्भर्ट निर्माण खाल्डोमा लडेर देवाही गोनाही नगरपालिका वडा नं.३ देवाही निवासी रामएकबाल साह तेलीको मृत्यु भएको छ ।

शुभकामना

मृत्यु भएको साह साईकल लिएर जादै गरेको बेलामा साईकल चिप्लिएर करिव ५ फिट तल खाल्डोमा लडदा ईटामा ठोकिएर  मृत्यु भएको छ ।

घटना भएको थाहा पाए लगतै देवाही गोनाहीका पूर्वमेयर धर्मेन्द्र पटेल तुरुन्तै उक्त घटनास्थल पुगेर यस्तो ठिक्कदारलाई तुरुन्त पक्राउ गरि कानुनी दायरामा ल्याई  कानुनी कार्यवाही प्रक्रिया अगाडि बढाउन प्रशासनसंग अनुरोध गरेका छन् । थप अनुसन्धान भैइ रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुख विर बहादुर बुढामगरले जानकारी दिएका छन् ।

२०७९ आश्विन २७, बिहीबार ०३:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय