शिव मारुती ज्वेलर्स

गणेश कुमार सिंह,चैत्र १० गते । महोत्तरीको सामुदायिक परिवार कल्याण संघ (CFWA)  समुन्नती कार्यक्रम अन्तर्गत वितिय शिक्षा सहजीकरण सम्बन्धी पाँच  दिने तालिम सम्पन्न भएको छ ।  सामुदायिक परिवार कल्याण संघ (CFWA) द्वारा आयोजित उक्त तालिम सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा र समुन्नती परियोजनाको समन्वयमा सञ्चालन गरिएको थियो ।

जुनु सोनरको नेतृत्वमा सञ्चालन गरिएको सो तालिममा बर्दिवास र गौशाला नगरपालिकाका सम्पुर्ण वडाका स्वयंसेवक समावेश गरी उनीहरुलाई वितिय शिक्षा सहजीकरण सम्बन्धी तालिम दिएको थियो ।

शुभकामना

सो कार्यक्रम स्वयंसेवकले बालबालिकालाई वितिय शिक्षा सहजीकरण सम्बन्धी कसरी शिक्षा प्रदान गरिन्छ भने विशेष तालिम दिएर समापन गरिएको छ ।

वितिय शिक्षाबाट बालबालिकालाई आम्दानी ,बचत र खर्च को बारेमा भविष्य हुने फाइदा हुनको लागि शिक्षा प्रदान गरिएको स्वयंसेवकलाई आआफ्नो वडा भएको दलित ,मुस्लिम,शिक्षा को पहुँच बाट बन्चित बालबालिका , पिछडिएका वर्ग आदिलाई विशेष ध्यानमा राखी विशेष कक्षा संचालन गरेर बालबालिका तालीम दिन को लगी संचालन गरिएको थियो । यस तालीम मा २७ जना स्वयंसेवकको उपस्थिति रहेका थिए

२०७९ चैत्र १०, शुक्रबार १८:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय