शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

मनोज यादव ,सर्लाही,असोज २७ । सात वटा प्रदेशको प्रदेश सभाका लागि हुने निर्वाचनमा ३ हजार ४ सय ३६ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । यी मध्ये ३ हजार १ सय ३९ जना पुरुष र २ सय ९६ जना महिलाहरु रहेका छन् ।उनीहरूको बिचमा एकजना तेस्रो लिंगी उमेदवार पनि चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् ।
सर्लाहीको निर्वाचन क्षेत्र न-२ (ख) बाट तेस्रो लिंगी राधा मौसीको नामले प्रसिद्ध महेन्द्र साह तेली प्रदेश सभा सदस्यको लागि उमेदवारी दिएको छ।उनलाई नेपाल जनता पार्टीले लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट मधेश प्रदेश सभाका लागि उम्मेदवार बनाएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ निवासी राधा मौसीले यसअघि २०७४ सालको स्थानीय चुनावमा मलंगवा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए।उक्त चुनावमा उनी पराजित भएका थिए।दोस्रो पटक पनि सोही ठाउँबाट स्थानीय निर्वाचनमा उमेदवारी दिने तयारी गरिरहँदा मतदाता नामावलीबाट उनको नाम करिब ४० वर्षदेखि स्थायी बसोबास रहेको मलंगवा नगरपालिकाको वडा न-९ बाट काटेर हरिपुर्वा नगरपालिकाको वडा न- ६ मा उल्लेख गरिएकोले उमेदवार बन्नबाट बन्चित हुनुपरेको थियो । स्थानीय जनताको माझ लोकप्रिय र चुनाव समेत जित्न सक्ने प्रवल सम्भावना रहेको भएपनि जिल्ला निर्वाचन कार्यालयको लापरबाही र केही विरोधीहरुको षड्यन्त्रका कारण राधा मौसीलाई स्थानीय निर्वाचनमा उमेदवार बन्नबाट बन्चित हुनुपरेको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

तेस्रो लिंगीहरुको काम नाचगान गर्दै ठाउँ ठाउँमा डुलेर पैसा तथा इनाम लिने , कसैको घरमा बच्चा जन्मिएको छ भने नाचगान गरेर बधाई तथा आशिर्बाद दिने रहेको भएपनि ती सब कामबाट उनले आफुलाई अलग्गै राखेका छन् । उनी आफुलाई समाजसेवीको रुपमा चिनाउँदै आएका छन् ।छरछिमेक अथवा कुनै गाउँमा दिन दुखी, असहाय एवं विपन्न दलितको घरमा विवाह,बर्तबन्ध ,श्राद्ध अथवा कुनै आपदबिपद् पर्दा आफुले भ्यायसम्म सहयोग गर्दै आएको छु,उनले बताए । नागरिकतामा उनको लैगिंक पहिचान पुरुष लेखिएको छ । तर, उनी आफूलाई महिला भनेर चिनाउँछिन् ।सबैको सुख दु:खमा सहभागी भएर सहयोग गर्दै आएकोले गर्दा ठुलो सानो सबै वर्गकाहरुले आफुलाई माया गरेर राधा मौसी भनेेर सम्बोधन गर्ने गरेको उनले बताए। मलंगवामा मात्र नभई जिल्ला भरी र भारतमा पनि उनी राधा मौसीको नामले प्रख्यात छन् ।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय तेस्रो लिंगीका मानिसलाई समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरिन्छ ।हामी पनि उनीहरु जस्तै हाडमासका मान्छे नै हौं भनेर देखाउनको लागि पनि चुनाव उठेको उनले भने। प्रदेश सभाको चुनावमा आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरेका छन्।

राधा मौसीलाई चुनावी मैदानमा उतार्ने नेपाल जनता पार्टीका सर्लाही जिल्ला उपाध्यक्ष रबिन्द्र रायका अनुसार सर्लाहीमा उनको लोकप्रियताका कारण हाम्रो पार्टीले टिकट दिएको हो । हाम्रो पार्टीले कसैमाथि भेदभाव गर्दैन,उनले भने ।

संविधानको धारा ४२ ले समानुपातिक समावेशी सिद्धान्तका आधारमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिलाई राज्यका निकायमा सहभागिता हुने व्यवस्था गरेको छ । संविधानले नै प्रत्याभूत गराएको हक पनि दलहरुले दिएका छैनन् । लैगिंक तथा यौनिक अल्पसंख्यक व्यक्ति न प्रत्यक्ष चुनावी मैदानमा भेटिन्छन् न दलहरुको समानूपातिक सूचीमा नै भेटिन्छन् । यस चुनावमा आफ्नो लैंगिक तथा यौनिक पहिचान खुलाएर उम्मेदवारी दिने महेन्द्र साह तेली राधा मौसी पहिलो व्यक्ति हुन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर १ सय ८५ जना मध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै ७० जना यौनिक तथा लैगिंक अल्पसंख्यक भनेर चिनाउने मतदाताहरु रहेका छन् ।

२०७९ आश्विन २७, बिहीबार १५:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय