धर्मेन्द्र कुमार यादव,महोत्तरी। मंसिर ४ गते हुने संघिय निर्वाचन र प्रदेश निर्वाचनमा महोत्तरीको चार ओटै निर्वाचन क्षेत्रमा काङ्रेस- लोसपा गठबन्धन बलियो रहेको छ।
बैशाख ३० गते सम्पन्न स्थानिय तहको मत परिनाम अनुसार सबै क्षेत्रमा पाचदलिय गठ्बन्धन बलियो रहेको छ। क्षेत्र न १ मा पाचदलिय गठबन्धनले ३७६११ र दुई दलिय गठबन्धनले १५२६८ मत ल्याएको छ। क्षेत्र न २ मा पाचदलिय गठबन्धनले ४२२१७ र दुई दलिय गठबन्धन ले १५५८९ मत ल्याएको छ। क्षेत्र न ३ मा पाचदलिय गठबन्धनले २९५४३ र दुई दलिय गठबन्धनले २५१५७ मत ल्याएको छ। त्यस्तै क्षेत्र न ४ मा पाचदलिय गठबन्धनले ३७८६९ र दुई दलिय गठबन्धन ले २०१०५ मत ल्याएको छ।
शुभकामना

क्षेत्र नं १ बाट गिरिराजमणि पोखरेल, क्षेत्र नं २ बाट शरत सिह भण्डारी, क्षेत्र नं ३ बाट महन्थ ठाकुर र क्षेत्र नं ४ बाट महेन्द्र कुमार रायको जित सुनिश्चित देखिएको छ। त्यस्तै महोत्तरीको ८ ओटै प्रदेश सभामा पनी पाच दलिय गठबन्धनकै उम्मेदवारको अग्रता देखिएको छ।














