शिव मारुती ज्वेलर्स

काठमाडौँ, बैशाख १९ गते ।एसिसी प्रिमियर कपमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसियाकपका लागि क्वालिफाइ गरेको छ ।

मंगलबार टियू मैदानमा भएको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाएको हो ।

शुभकामना

नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा भारत र पाकिस्तान समिलित समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ।युएईले नेपाललाई दिएको १ सय १८ रनको लक्ष्य ११७ बल बाँकी हुँदा ३ विकेट गुमाएर पुरा गरेको थियो।

नेपालको जितमा गुल्सन झा र भिम सार्कीले चौंथ विकेटका लागि ९६ रनको अविजित साझेदारी गरे गुल्सन झाले ८४ बलमा ६७ रन बनाएर अविजित रहँदा ३ चौका र ६ छक्का प्रहार गरेका थिउ।

त्यस्तै भिम सार्कीले ७२ बलमा ३६ रन बनाए। उनले ४ चौका प्रहार गरेका थिए।

त्यसअघि नेपालले २२ रन जोड्दा तीन विकेट गुमाएको थियो। युएईका लागि रोहन मुस्ताफाले २ विकेट लिंदा आयान खानले १ विकेट लिएका थिए।वर्षाका कारण सोमबार पुरा हुन नसकेको फाइनलको बाँकी खेल मंगलबार सम्पनन् भएको हो।

युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रनबाट खेल सुरु गर्दै ३३.१ ओभरमा १ सय १७ रन बनाउँदा अलआउट भएको थियो।

२०८० बैशाख १९, मंगलवार ०७:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय