शिव मारुती ज्वेलर्स

जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमा यसपाली करिब १५ हजार बोकाबली प्रदान गरिएको छ ।

गत बर्ष झण्डै १४ हजार बोकाबली प्रदान गरिएकोमा यसपाली राजदेवीमा १४ हजार ९ सय ४१ बोकाबली प्रदान भएको आयोजक महावीर युवा कमिटिको उपाध्यक्ष  महेश साहले जनाएको छ ।

शुभकामना

यसपाली गुठी सँस्थानले टाउको वापतको रसिद विधिवत रुपमा नकाटेपनि टाउको वापत रु. २०० रुपैयाँ तोकिएको थियो ।

राती करिब ३ः३० बजेसम्म चलेको बोकाबलीको क्रममा १४ हजार ९ सय ४१ वटा छागर (खँसी) को बली प्रदान गरिएको महावीर युवा कमिटिले जनाएको छ ।

बोकाबली बेलुकी ८ः४५ देखि सुरु भएको थियो भने राती ३ः३० सम्म विधिवत रुपमा सम्पन्न गरिएको थियो । अन्य बर्षमा विहान ४ बजेसम्म बोकाबली हुन्थ्यो ।

गुठी सँस्थानले खँसीको टाउको वापत काटने रसिद ८ हजारभन्दा बढी मात्र काटिएको थियो भने आधा श्रद्धालुहरुले लाईनमै रसिद कटाउने गरिन्छ ।

२०७९ आश्विन १८, मंगलवार ०२:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय