शिव मारुती ज्वेलर्स

झापा,२९ असाेज । तिहार र छठ पर्व नजिकिएसँगै सीमावर्ती क्षेत्रबाट नेपालमा प्रतिबन्धित बारुदजन्य पटाका अवैधरुपमा भित्रिन थालेका छन् ।

यसैक्रममा झापाका सीमा नाकाबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको करिब ७ लाख ५० हजार मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

शुभकामना

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा कनकाई नगरपालिका– ५ तुलसीवारिस्थित भित्री सडक खण्डबाट ११ बोरा पटाका बरामद गरेको थियो ।

झापा गाउँपालिकाको टाघनडुब्बा नाकाबाट भित्र्याइएको पटाका गाडीमा हालेर बजारतर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको थियो ।

बरामद गरिएको पटाकाहरूमा झिरझिरे, जगमग, खोर्सानी, अनार, चक्र, रकेट, ३० र ५० साउन्ड बम लगायत रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिंह कार्कीले जानकारी दिनुभयो । बरामद गरिएको पटाका सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको परिसरभित्र नष्ट गरिएको उहाँले बताउनु भयो ।

सीमा नाकाबाट अवैध रुपमा पटाकालगायतका सरसामान भित्रिन थालेपछि सशस्त्र प्रहरीले सीमा नाकामा सतर्कता बढाएको एसपी कार्कीको भनाइ छ ।

२०७९ आश्विन २९, शनिबार ०९:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय