सर्लाही ,बैशाख ३१ गते । सर्लाहीको मलंगवा-८ स्थित भन्सार इलाकाबाट ८ लाख नेपाली रूपैयाँ र भारतीय मोटरसाइकल बरामद भएको छ।
एक हजार रूपैयाँको ७०० थान र पाँच सय रूपैयाँको २०० थान नेपाली रूपैयाँ र बिआर ३० एन ३५९० नम्बरको भारतीय मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) ले बरामद गरेको हो।
शुभकामना

बरामद भएको रकम र मोटरसाइकल थप अनुसन्धानका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यसैगरी, ब्रम्हपुरी गाउँपालिका ५ स्थित सखुअवाबाट २० केजी गाँजा र भारतीय मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।














