शिव मारुती ज्वेलर्स

बारा, जेठ १ गते । आगलागीमा परेर बाराको आदर्श कोतवाल गाउँपालिका–१ च्युटाहास्थित एकै परिवारका चार जना जलेर घाइते भएका छन् ।

घाइते हुनेमा श्रीमान श्रीमती र दुई छोरा रहेका छन् ।

शुभकामना

लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर घरमा आगलागी हुँदा ३५ वर्षीय मनोज यादव, उनकी श्रीमती ३० वर्षीया चेतरीदेवी, चार वर्षीय छोटु यादव र तीन वर्षीय सन्दीप यादव जलेर घाइते भएका हुन् ।

वीरगन्जस्थित नारायणी अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता पुरुषोत्तम पाण्डेका अनुसार घाइतेमध्ये चेतरीदेवीको अवस्था गम्भिर रहेको छ ।

प्रवक्ता पाण्डेकाअनुसार आगलागीमा चार लाख १० हजार बराबरको क्षति भएको छ ।

२०८० जेष्ठ १, सोमबार १४:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय