फोक्स नेपाल ,संवाददाता । भक्तपुरमा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार राति सवा १० बजे मध्यपुर ठिमी नगरपालिका ६ बाहाखा भिमसेन चोकमा दुर्घटना भएको हो ।
सानोठिमीबाट निकोसेरा तर्फ आउदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरित दिशातर्फ गईरहेको बा ३ प ५४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका थिए । दुर्घटनामा मोटरसाईकल चालक नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डित गम्भिर घाईते भएका थिए ।
शुभकामना

उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी पठाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि अन्नपुर्ण न्युरो अस्पताल माईतीघर पठाईएको थियो ।
उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्याक्सी चालक भक्तपुर नगरपालिका १० का ३९ वर्षीय सुन्दर गोर्खालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।














