गौशाला, जेष्ठ ३२ । नागरिकता विद्येयक तत्काल लागू गर्न माग गर्दै महोत्तरीको गौशालामा नेकपा माओवादीले मसाल जुलुस प्रदर्शन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको तर सर्वोच्च अदालतले तत्काल कार्यान्वयनमा रोक लगाएपछि त्यसको विरोधमा अहिले दिनहुँजसो तराई मधेशसहित देशका विभिन्न विरोध प्रदर्शन भइरहेको छ । नागरिकता विद्येयक कार्यान्वयनमा रोक लगाएर जन्मसिद्धका दशौं लाख सन्तानलाई अनागरीक बनाएको भन्दै तत्काल विद्येयक कार्यान्वयनमा ल्याउन माग गर्दै गौशाला बजारमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको हो ।
शुभकामना

नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य विष्णु लामाको नेतृत्वमा गौशाला बजारमा भेला भएका नेता तथा कार्यकर्ताहरुले गौशालाबजारस्थित त्रिभुवन नमूना माविको गेटअगाडिबाट जुलुस निकाली गौशला बजार परिक्रमा गरेका थिए । सो क्रममा नागरीकता विरोधीको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन विरुद्ध चर्को नारा लगाइएको थियो ।
बजार परिक्रमापछि भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश कमिटि सदस्य लामाले नागरीकता विद्येयक तत्काल कार्यान्वयनमा ल्याउन माग गरे । जन्मसिद्धका सन्तानलाई नागरीकता विहिन बनाएर शासकहरुले तराईका दशौं लाख यूवाहरुको भविष्यमाथि खेलवाड गरेको बताए । उनले पार्टीले भ्रष्टाचार विरुद्ध कडा कदम उठाएकोमा खुशि व्यक्त गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पु¥याउन माग गरे । त्यस्तै तराईमा मिटरव्याज पिडितहरुलाई समेत न्यायको माग गर्दै उनले प्रचण्ड सरकारलाई खुट्टा नकमाई अघि बढ्न आग्रह गरे ।














