शिव मारुती ज्वेलर्स

निरन्जन कुमार साह ,महोत्तरी , असार १७ गते  । महोत्तरीको गौशाला बजारभित्र रहेको लघुवित्तिय संस्थाहरुमा संघर्ष समितिद्वारा तालाबन्दि गरिएको छ  । आइतबार किसान मजदुर संघर्ष समितिले बजारभित्र रहेका लघुवित्तिय संस्थाहरुमा तोडफोड गरि ताल्चा लगाएका छन्  । साथै लघुवित्तिय संस्थाका कर्मचारीहरु बैंकबाट समेत लखेटिएका छन्   ।

संघर्ष समितिका संयोजक रामबाबु महतोको नेतृत्वमा पाच बुंदे मागसहित उनीहरुले आन्दोलन गरेका हुन्   ।

शुभकामना

आन्दोलनमा सहभागीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर , लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनहा गर , आम गरिव किसानहरुलाई नि :शुल्क ऋण प्रदान गर , आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर ,समाजवादी अर्थतन्त्रको विकास गर लगायत नाराबाजी गर्दै गौशाला बजार परिक्रमा गरि लघुवित्तिय संस्थाहरुमा तोडफोड गरेका छन्  । तोडफोड भएपछी कतिपय संस्थाका कर्मचारीहरु भागे भने कतिपय संस्थाका कर्मचारीहरु कार्यालयभित्र थुनिएका छन्  ।

आन्दोलनकारीहरुले बजार स्थित रहेको एन. आइ. सी. एसिया लघुवित संस्था लि. को पोस्टर च्यातेर ताल्चा लगाएका छन् ।

आन्दोलनमा लघुवित्तिय संस्थाबाट ऋण लिएका अधिकांस विपन्न दलित समुदाइका महिलाहरुको सहभागिता थियो  । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन जारी रहने दावी गरेका छन् । लघुवित्तिय संस्थाहरु घरघर पुगी महिलाहरुलाई अनेकौ बचत हुने लोभ दिएर समुहमा सम्मिलित गराई पछी ऋण लिन  लगाई किस्ता तिर्न नसकेपछि अनेकौ धाक धम्कि दिने समेत गरेका ऋणी महिलाहरुले आरोप लगाएका छन्   ।

संयोजक रामबाबु महतोले यो पहिलो चरणको आन्दोलन रहेको र यसपछि क र ख वर्गका बैंकहरुलाई ताल्चा लागाउने कार्यक्रम रहेको बताए । साथै घर मालिकलाई यस्तो लघुवित्तिय संस्थाहरुलाई घर खाली  गराउन समेत चेतावनी दिएका छन्  ।

यस सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले यसरी लघुवित्तिय संस्थामा ताल्चा लगाई तोडफोड गर्नु गैरकानुनि भएको बताए । उनले यस्ता गतिविधि गर्नेलाई कानुनि दायरामा ल्याई कडा कारवाही गरिने समेत बताएका छन्  । यदि लघुवित्तिय संस्थाहरुले उजुरी दिएमा यसरी  अराजकता फैलाउने समिति र समुहलाई कारवाही गरिने जानकारी दिए ।

२०८० असार १७, आईतवार १३:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय