शिव मारुती ज्वेलर्स

सिरहा।  सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ स्थित  नयाँ चोहर्वामा रहेको सव डिभिजन वन कार्यलयको अगाडि मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने नयाँ चोहर्वामा सडक छेउमै लडेर मृत्यु भएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । पुरुषले निलो पेन्ट, कालो सर्ट, मुखमा कालो माक्स, टाउकोमा कालो टोपी र साइकलको पछाडीमा झोला र छाता रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।

शुभकामना

मृत अवस्थामा फेला परेको शवको पहिचान अहिले सम्म खुल्न नसकेको इलाका प्रहरी कार्यलय मिर्चैयाका इन्स्पेक्टर सोनु साहले जानकारी दिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० असार २१, बिहीबार १२:१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय