शिव मारुती ज्वेलर्स

काठमाडौं, श्रावण १ गते । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ ।

नेपाल आयल निगमका अनुसार शनिबार साँझ प्राप्त नयाँ मूल्य सूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

शुभकामना

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ ।

भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा इन्धनको मूल्य सूची पठाउने गरेको छ ।

आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ५० करोड रुपैयाँ नाफा हुनेछ ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ ।

निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ ।

 

२०८० श्रावण १, सोमबार ०२:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय