सर्लाही,श्रावण ११ गते । जिल्लामा मोटरसाइकलको ठक्करबाट बाख्रा चराउन गएकी आठ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्सा गाउँपालिका-४ का हरिवीरेन्द्र पासवानकी ८ वर्षीया छोरी मनिशा कुमारी पासवान रहेकी छन्।
शुभकामना

हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट उनको बुधबार विहान मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय बौदीमाई पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते भएकी एक जना ८ वर्षीया बालिकाको सोही क्लिनिकमा उपचार भइरहेको छ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।














