बारा,श्रावण ११ गते । बारामा बुधवार राती एक श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ६ टोल वस्ने जाहिर मियाको विवाहित छोरी आसमिन खातुनको घाँटी रेटी हत्या भएको छ ।
भारत पूर्वी चम्पारण डाका थाना रुपौलिया घर भएका मोहम्मद मुस्ताक अहमदको छोरा वर्ष ३१ को मोहम्मद अमानुल्लाह मियाले माइतीमा रहेको श्रीमतीलाई घरमै सुती रहेको वेला घाटी तथा शरिर बिभिन्न भागमा धारिलो हतियार प्रयोग गरी प्रहार गरेको थिए । धारिलो हतियारको प्रहारबाट खातुनको घटना स्थलमै मृत्यु भएको स्थानियहरुले बताएका छन् ।
मृतक खातुनकी बुवा जाहिर मियाले घटनाको बिषयमा प्रहरीलाई सूचना दिए लगतै पुगेको प्रहरी टोलीले ससुरालीबाट भाग्दै गरेको अवस्था स्थानिय युवाहरुको सहयोगमा अमानुल्लाह मियालाई पक्राउ गर्न सफल भएको थियो । घटना स्थलमा पुगेको ईलाका प्रहरी कार्यालय सिम्रनगढको टोलीले घटनाको मुचुलका उठाई शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ ।
शुभकामना

श्रीमतीको हत्यागरी भाग्दै गरेको अवस्था मियालाई प्रहरीले बिहान ३ : ३० बजे पक्राउ गरेको थियो । मृतक खातुनकी २ छोरा १ छोरी रहेको छ । श्रीमानसँग बिवाद भएपछि उनी माइतीमै वस्दै आएकी थिइन् । यस भन्दा पहिलापनि मोहम्मद अमानुल्लाह मियाले खातुनमाथी आक्रमणको प्रयासहरु गरेको परिवारिक स्रोतले जनाएको छ । पक्राउ परेका मियालाई प्रहरी हिरास्तमा राखी घटनाको अनुसान्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।














