शिव मारुती ज्वेलर्स

दिपेश कुमार साह ,रौतहट,११ श्रावण । नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रमा बिहिवारको विद्युत प्राधिकरणले लापरवाहि गर्दै आए पाछि गम्हरियाका स्थानीयहरुले तल्चा लगाएको हुन ।

गम्हरियामा बिहानै एक पोलमा आगो लाग्दा विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको प्रमुख देखि सम्बन्धित कर्मचारीहरुलाई समेत फोन गर्दा फोन नउठेपछि प्राधिकरणमा तल्चा लगाइएको छन ।

शुभकामना

बिहानै करिब ७ बजे पोलमा आगो लागेर तार खस्दा धनजनको क्षति हुनबाट जोगियो तर प्राधिकरणको कर्मचारीहरुले कुनै प्रतिक्रिया नदिए पछि स्थानीयहरुले आक्रोशित भए पछि तल्चा लगएको हुन ।

बिगत धेरै दिन देखि विद्युत प्राधिकरण को लापरवाहीले गर्दै बिहिवारको दिन तल्चा लगाइ विद्युतको कर्मचारीहरुलाई समेत लखेटेको हुन स्थानियहरुले बताए ।

जुनसुकै बेलामा पनि छिनछिनमा बत्ति जाने, कहिले काही त घन्टौसम्म पनि लाइन काटिने जस्ता समस्याले यस क्षेत्रका सर्वसाधारण उपभोक्तहरुले विद्युत भएको कुनै महसुश गर्न पाएका छैनन् । महिनैपिच्छे महशुल पनि तिर्नुपर्छ, स्थानीय उपभोक्ताले चाहिएको बेला कहिल्यै पनि विद्युत सेवा पाइदैन भने स्थानीयहरुले बताएका छन् ।

जहिले पनि बत्ति काटिने समस्याले उपभोक्तहरुले तल्चा लगएको छिन । विद्युत अनियमितताले गाउँका स्कुलमा पढने बालबालिका सबैभन्दा बढी प्रभावित पर्दै छन । बत्ति नहुँदा बालबालिकाले राति बसेर लेखपढमा अफ्ट्यारो भएको हुनाले स्थानीयहरुले तल्चा लगएको हो

प्राधिकरणका कर्मचारीको लापरवाहीले सीमा नाघेको विद्युत सेवा अनियमित भएको पनि उनिहरुको आरोप छ । ‘मोवाइलमा फोन गर्दा कर्मचारीहरुको फोन नै लाग्दैन, उनले भने, जहिले पनि ब्यस्त छ मात्रै भन्छ ।’ उनले लागि हाले पनि कर्मचारीले फोन नउठाउने गरेको बताएको हो

२०८० श्रावण ११, बिहीबार १५:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय