शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

धनुषा ,श्रावण १२ गते । पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ ।

मुस्लिम समुदायले मनाउने मोहरम पर्वलाई लक्षित गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सार्वजनिक स्थलहरुमा हातहतियार प्रदर्शन नगर्न सूचना जारी गरेका हुन् । उनले विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन अनुरोध गरेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘पर्वको अवसरमा सार्वजनिक स्थलहरुमा कुनै पनि किसिमको घरेलु हातहतियार (खुकुरी, तरवार, भाला, फर्सा आदी) प्रदर्शन नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ’, सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी कुनै किसिमको कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

यो वर्ष मोहरम पर्व शनिवार पर्छ । विगत कही वर्षदेखि मुस्लिम समुदायले विभिन्न पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन गर्न थालेका छन् । तर हातहतियार प्रदर्शनको विरोध भएपछि प्रशासनले पहिले नै सचेत गराएको छ ।

यता, हिन्दूवादी संगठन राष्ट्रीय एकता अभियान र हिन्दू सम्राट सेनाले जनकपुरधामको मठ मन्दिर र बारहविघा मैदानमा मुस्लिम समुदायलाई प्रदर्शन गर्न नदिन प्रशासनसंग माग गरेका छन् ।

२०८० श्रावण १२, शुक्रबार ०९:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय