शिव मारुती ज्वेलर्स

गौशाला-१२ महोत्तरी । कृषि विषय अध्ययनरत विद्यार्थीहरूले कान्तिबजार तरकारी बजारमा कृषकलाई लक्षित गरी “मोहनी पासोले किरा व्यवस्थापनमा पुर्‍याउने फाइदा” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

शुभकामना

कार्यक्रममा विद्यार्थीद्वारा मोहनी पासो (Lure Trap) को प्रयोग, यसको महत्व तथा वातावरणमैत्री तरिकाले बालीमा लाग्ने हानिकारक किराको नियन्त्रण गर्ने उपायबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा मोहनी पासो प्रयोग गर्दा विषादीको प्रयोग कम हुने, उत्पादन लागत घट्ने, उपयोगी किराहरू सुरक्षित रहने तथा बालीको उत्पादन र गुणस्तर बढ्ने विषयमा कृषकलाई जानकारी गराइएको थियो । साथै टमाटर, करेला, बन्दागोभी, मकै लगायतका तरकारी बालीमा यसको प्रभावकारी प्रयोगबारे पनि प्रदर्शन गरिएको थियो ।

कृषकहरूले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका थिए भने विद्यार्थीहरूले आधुनिक तथा सुरक्षित कृषि प्रविधिको प्रयोग बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

 

२०८३ जेष्ठ ६, बुधबार ०२:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय