शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम,श्रावण २० गते। सप्तरी क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित प्रदेश सभा सदस्य अनिरुद्र सिंह यादव हत्या आरोपका फरार अभियुक्त हुन। प्रहरीको रेकर्डमा उनको नाम १६ वर्षदेखि फरारको सूचिमा छ।

राजनीतिक पहुँचका आधारमा प्रहरी र कानुनी ब्यवस्थालाई गिज्याउँदै हिडेका उनी फरार (देखावटी) रहेकै वेला ०७९ मंसिर ४ गते भएको निर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार भए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

निर्वाचन परिणाम अनुसार उनलाई निर्वाचित भएको घोषणा गरियो। त्यसपछि झन उनले प्रहरी र कानुन मान्ने कुरै भएन। प्रहरी उनकै अगाडि नतमस्तक छ। पक्राउ गर्नु त परको कुरा घरमै पुगेर सल्युट हान्नु परेको छ।

घरमा रहँदा होस वा प्रदेशमा, आगाडि–पछाडि र दायाँवायाँ सवैतिर प्रहरीको सुरक्षा हुन्छ। तर, जिल्ला प्रहरी कार्यालयको रकेर्डमा अहिलेसम्म पनि उनी फेला परेका छैनन्। उनी ०६४ असार १४ गतेदेखि नै कानुनको नजरमा फरार छन्।

सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा ०६४ असार ९ गते तत्कालिन खोक्सरप्रवाह– १ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता छ।

उनकै निर्देशनमा मिति जगदिश प्रसाद भगत, क्रान्ति भन्ने दिनेश यादव, इसा मिया, बिरेन्द्र यादव, शिखर भन्ने श्याम यादवले चौधरीलाई अपहरण गरेको र क्रान्ती भन्ने दिनेश यादव र कान्तिपुर एफएम भन्ने जगदिश प्रसाद भगतले गोली हानेर हत्या गरेको अभियोग पत्रमा उल्लेख छ।

तत्कालिन बोदेबर्साईन गाविस– ४ बाट अपहरण गरी नेङ्गडा गाविस–५ वैरिया टोलमा पु¥याएर चौधरीलाई गोली हानेर हत्या गरेको अभियोगपत्रमा उल्लेख छ। कान्तिपुर एफएम भन्ने जगदिश प्रसाद भगत कटुवा पेस्तोल र गोली सहित सोही दिन पक्राउ परेका थिए।

मृतककी दिदी धनगढी गाविसकी ३६ वर्षीया रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०६४ असार १४ गते यादवसमेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिएकी थिईन। उनी सोही दिनदेखि कानुनको नजरमा फरार अभियुक्त हुन।

प्रहरीले अदालतमा मुद्दा दर्ता गरेपछि बयान दिनसमेत नगएका यादव कुनै पनि अदालती प्रकृयामा नै सहभागि भएका छैनन्। यो कुरा उनको सचिवालयले नै पुष्टि गरेको छ। यसरी कानुनको आँखामा धुलो हालेर राज्यको स्रोत, साधन र सुविधाको दोहोन गरिरहँदा समेत कारवाही नभएपछि देशको कानुनी ब्यवस्था माथि नै प्रश्न उठिरहेको छ।

देश र जनताको पक्षमा कलम चलाउने पत्रकार र मानवअधिकारवादीलाई वुट वजार्ने र अपराध गर्नेकै पक्षपोषण गरेर पीडितलाई दुःख दिदै आएको प्रहरी अपराधिको आरोप लागेका ब्यक्तिलाई सजाय दिलाउनु भन्दा अघिपछि गर्दै उसकै झिँगा भन्काउन तल्लिन रहेपछि सर्वसाधारणले ‘सत्य सेवा सुरक्षणम’ भन्ने प्रहरीको नियतमाथि नै प्रश्न उठाईरहेका छन्।

२०८० श्रावण २०, शनिबार १६:०२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय