शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल,संवाददाता ।  सर्लाहीको बागमती नगरपालिका १ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट गर्न कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गर्ने चार जना पक्राउ परेका छन् ।

सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालय जनकपुरको इन्सपेक्टर उमाशंकर प्रसाद साह नेतृत्वको टोलीले गोली प्रहार गरेको घटनामा संलग्न चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन् द।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरीका अनुसार भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी पक्राउ परेका छन् ।

उनीहरुलाई मध्यराति पक्राउ परेको बुझिएको छ । प्रक्राउ गर्न खोज्दा उनीहरु भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले गोली समेत प्रहार गरे । प्रहरीको गोली धनकौलका सहनीको खुट्टामा लागेको छ । उनीहरुबाट भने हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ ।

बुधवार विहान करिब साढे १० बजे सहकारीको सेवा केन्द्रमा लुटपाट गर्ने उदेश्यले कर्मचारी कार्कीमाथि चार गोली प्रहार गरिएको थियो । कार्कीको अवस्था गम्भीर । उनको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौं लगिएको छ ।

घटना लगत्तै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट इन्सपेक्टर साह सर्लाही पुगेका थिए । सिसिटिभीको फुटेज र स्थानीयले बताएको हुलाकी तथा अन्य सुराकको आधारमा घटनामा संलग्नहरु पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

२०७९ कार्तिक ३, बिहीबार ०९:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय