शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही ,श्रावण २८ गते ।सर्लाहीको हरिवन स्थित खलनदेही खेलामा हत्या गरिएको अवस्थामा टाउको भेटिएका युवकको शरीरको भाग पनि फेला परेको छ ।

युवकको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

शुक्रबार मात्रै टाउको भेटिएका युवक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको परिवारजनले सनाखत गरेको थियो ।
शनिबार साँझ उनको शव पूर्वपश्चिम राजमार्ग छेउमै फालिएको अवस्थामा फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताए। उनका अनुसार मृतकको कम्मरदेखि तलको भागमा कुनै कपडा थिएन।

बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन।

युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। परिवारले सनाखत गरेपछि टाउको शुक्रवार दिउँसो पोस्टमार्टमका लागि काठमाडौँ पठाइसकिएको छ। परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सिता मढीबाट सर्लाहीतर्फ आएका थिए।

सँगै घुम्न आएका उनका साथीहरू अहिले सम्पर्कविहीन छन्। उनीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

२०८० श्रावण २८, आईतवार ११:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय