शिव मारुती ज्वेलर्स

सर्लाही ,भाद्र ३ गते । सर्लाहीबाट दुई वटा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ का प्रकाश यादव र जीवन राय यादव छन् ।

शुभकामना

सशस्त्रको बोर्डर आउट पोस्ट ( बिओपी ) संग्रामपुरले शनिबार राति दुबैजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।

उनीहरू बिआर१९जीए ४१४१ नम्बरको मोटरसाइकलमा राति पर्सा गाउँपालिका-६ हुँदै भारतबाट नेपाल आउँदै थिए ।

उनीहरूको साथबाट नगद ११ हजार ६८० र भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएको छ ।

बरामद सामानसहित दुवै जनालाई कारबाहीका लागि शनिबार राति नै जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको सशस्त्रले जनाएको छ ।

२०८० भाद्र ३, आईतवार १२:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय