शिव मारुती ज्वेलर्स

मधेश प्रदेश,भाद्र ०४ गते । बाराको देवलाल गाउँपालिका वडा नं ३ काे नाका भएर भारत तर्फ लादै गरेको अवस्थामा बच्चा चोर पक्राउ परेको छ ।

बाराकाे देवताल गाउँपालिका वाड न. ३ का पुजा महताेकी १ वर्षीया छोरी र प्रेम चन्द्र महताेकाे २ वर्षे छाेरालाई बाेरामा हालेर देवताल गाउँपालिका वाड न. ३ बडकी आम्वाकाे नाकाबाट भारततर्फ लेजाने क्रममा बडकि आम्वाका युवाले नियन्त्रणमा लिएर साेहि नाकामा खटिएका सशस्त्र  प्रहरीलाई जानकारी गराएपछि सशस्त्रप्रहरी  बलले बच्चा सहित चोरलाई नियन्त्रणमा लिएको छ ।

शुभकामना

बच्चा चोर भारतकाे बिहार मुरतिया ठक्कुरईया टाेला घर बताउने २७ बर्षका तबरेज आलम रहेकाे बुझिएको छ ।आलममाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक डाँगीले बताए ।

उनका अनुसार बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई आइतबार नै अभिभावकको जिम्मा लगाइएको छ ।

२०८० भाद्र ४, सोमबार ००:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय