शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भाद्र ०५ गते । काठमाडौं बाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरालागि छुटेको  प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

शुभकामना

घटनास्थलबाट १६ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । थप विवरण आउन बाकी रहेको छ ।

२०८० भाद्र ६, बुधबार ०९:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय