शिव मारुती ज्वेलर्स

सर्लाही ,भाद्र १५ गते । सर्लाही  हजरिया, खर्साल टोलस्थित सार्वजनिक इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–१ खर्साल टोलकी ६५ वर्षीया लक्षियादेवी सहनीको इनारमा डुबेर मृत्यु भएको हो । खेतमा पानी पटाउनका लागि खनिएको सार्वजनिक इनारमा डुबेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुभकामना

राति घरमा सुतेकी सहनी बिहान फेला नपरेपछि उनकी बुहारीले हल्लाखल्ला गरेकी थिइन् । स्थानीय र प्रहरीले खोजतलास गर्दैजाँदा टोलमै रहेको इनारनजिक महिलाको चप्पल र लाठी फेला परेको थियो ।

इनारमा गहिरो पानी जम्मा भएकाले दमकल लगाएर पानी निकाल्दा महिलाको शव इनारको फेदमा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

२०८० भाद्र १५, शुक्रबार ०५:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय