शिव मारुती ज्वेलर्स

खगेन्द्र कार्की , फत्तेपुर । आठौं संविधान दिवस को अवसर मा सप्तरीको सप्तकोसी नगरपालिका फतेपुरमा सप्तकोसी नगरस्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरि मनाइएको छ।

जिल्ला ब्याडमिन्टन संघ सप्तरी , लालिमा यातायात प्रालि र स्थानीय खेलाडीहरुको आर्थिक सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुरद्वारा संचालित प्रतियोगिताको उद्घाटन असोज ३ गते सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाले गरेका थिए।

शुभकामना

संविधान दिवसको अबसरमा संचालित प्रतियोगिता मा सप्तकोसी नगरपालिका का १३ जोडी खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगिता को फाइनल खेल मा डिभिजन ए तर्फ दिपककुमार खडका र इन्द्र राइको जोडी ले अमर खवास र नवराज खत्रीको जोडी लाई २-१ सेटको अन्तरमा २१-१७,२१-१५ र २२-२४ को अन्तर ले पराजित गर्दै प्रथम भएकाछन भने अमर खवास र नवराज खत्रीको जोडी दोस्रो भएका छ्न ।

डिभिजन B तर्फ अजय श्रेष्ठ र आर्यन खडकाको जोडीले सम्शेर खडका र अरुण कटवालको जोडी लाई २१-१९,२१-१४ को सेट मा पराजित गर्दै प्रथम स्थान हासिल गरेका छ्न सम्शेर खडका र अरुण कटवालको जोडी दोस्रो भएका छ्न।

प्रतियोगिता मा बिजेता उपबिजेता खेलाडीहरुलाइ जिल्ला ब्याडमिन्टन संघ सप्तरीका अध्यक्ष दिपक कार्कीले मेडल बितरण गरेका आयोजक क्लबका अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए।प्रतियोगिता संचालन गर्न लालिमा यातायात प्रा लि ले ४० थान टिसर्ट प्रधान गरि सहयोग गरेको आयोजकले जनाएको छ।

२०८० आश्विन ३, बुधबार १९:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय