शिव मारुती ज्वेलर्स

कपिलवस्तु :  उद्योग ब्यापार संघ कपिलवस्तुले संविधान दिवस २०८० को अवसरमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । बढ्दै गैरहेको डेङ्गी महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान महादान र जिवनदान भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमा नेपाल उद्योग व्यापार महासंघका मंहासचिव खेमनारायण परजुलीले उद्योग व्यापार संघ कपिलवस्तुले स्थापनाको छोटो समयमा विभिन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै आएकोमा उच्च प्रसम्सा गर्दै भन्नू भयो कोभिड पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु रहेको बताउनु भयो । पछिलो समय उद्योग व्यवसायिहरु कि गर कि मर भन्ने अवस्थामा आएकोे बताउँदै त्यसको समाधानको लागि केन्द्र बाट पहल गर्ने उहाँले बताउनु भयो । साथै उहाँले ब्याबसायिलाई अर्थतन्त्रमा अहिलेको अवस्था हेर्दा ४ प्रकारको रोग लागेको बताउदै अगाडी भन्नु भयो
सबै ब्याबसायी उपचार मा छन र रोग निको होला कि नहोला भन्ने चिन्ता ले ग्रस्त छन , पहिलो हस्पिटल जाने लाइन मा छन , दोस्रो हस्पिटलाइज छन , तेस्रो आइसियु मा छन र चौथो भेन्टिलेटर मा पुगिसकेका छन , यस्तो अबस्था बाट ब्याबसायिलाइ बचाउन सबैको साथ सहयोग र सहकार्यको आबस्यक्ता छ , यस्तो उपचार खोजिरहेको ब्याबसायिहरुलाइ झन अहिले नब सामन्त को रुपमा उदायका केही बैंक हरु उपचार को सट्टा घाँटी निमोठ्ने गरिरहेका छन , यो त्रासदिपुर्ण अबस्थामा राज्य नै निरीह हो कि भन्ने देखिनु स्वाभाविक भयपनी केही सकारात्मक सुचक हरुले हतोत्साहित हुनुपर्ने अबस्था छैन , हामी राज्य र समन्धित पक्षलाई ब्याबसायिको अबस्था र अहिले को अर्थतन्त्र को बारेमा घचघचाइरहेका छौ ।
कार्यक्रम का बिशिस्ट अतिथी करदाता सेवा कार्यलय का कर अधिकृत सुरेस बराईलीले देशको आर्थिक अवस्थालाई माथि उठाउन उद्योगि व्यवसायिहरुको महत्वपुर्ण भुमिका रहेको भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।
उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल “कोपिल ” ले लामो त्याग तपस्या बलिदान र संघर्स बाट उपलब्धिहरुको बारेमा सबैलाइ जानकारी गराउदै उपलब्धि हरु सस्थागत गर्न संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताउनु भयो । साथै उहाँले सामाजिक क्षेत्रमा काम गर्दै आएको उद्योग ब्यापार संघ कपिलवस्तु ले आगामि दिनमा पनि यस्ता सामाजिक कार्यक्रम ब्याबसायिक हकहित संग सम्बन्धित कार्यक्रमहरुलाई निरन्तरता दिदै स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण मा अबिचलित लागिरहने प्रतिबद्धता जनाउनु भएको थियो ।

रक्तदान कार्यक्रम मा उद्योग व्यापार संघ कपिलवस्तु का संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल, नव प्रभात युवा क्लब ठाकुरापुरका अध्यक्ष मिलन चालिसे, नियमित रक्तदाता संघ का पदाधिकारी लगायत विभिन्न सामाजिक क्षेत्रका संघ सस्था हरुको उपस्थिती रहेको थियो । कार्यक्रमका संयोजक ज्ञानहरी न्यौपानेको अध्यक्षता, उद्योग व्यापार संघ कपिलवस्तु का महासचिव बासुदेव खनालको सञ्चालनमा भएको कार्यक्रममा रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोग र नवं प्रभात युवा क्लव ठाकुरापुरको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रम बाणगङ्गा ०१ , ठाकुरापुर मा रहेको पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको थियो ।
उक्त रक्तदान कार्यक्रम मा ३७ पोइन्ट रगत संकलन भएको जानकारी उद्योग ब्यापार संघ कपिलवस्तु ले दिएको छ ।

शुभकामना

२०८० आश्विन ५, शुक्रबार ०४:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय