शिव मारुती ज्वेलर्स

कपिलवस्तु :  कपिलवस्तु लाई हेर्ने दृस्ठिकोण मा परिबर्तन गर्दै समग्र कपिलवस्तु को समृद्धि मा टेवा पुग्ने गरि आफुले योजना बनाउन पहल गर्ने नवनियुक्त लुम्बिनी प्रदेश योजना आयोग सदस्य सरोज खनाल ले बताउनु भएको छ , उद्योग ब्यापार संघ कपिलवस्तु का सल्लाहकार समेत रहेका खनाल को सम्मान मा उद्योग ब्यापार संघ कपिलवस्तु ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम मा बोल्दै सदस्य खनाल ले भन्नू भयो , कपिलवस्तु लाई हेर्ने दृस्ठिकोण अलि हेपाहा प्रवृत्ति को रहेको , हामिले पठायका योजना हरु समेत कटौती गर्ने गरेको अबस्था रहेकोमा आफू योजना आयोग मा आइसके पछि अधिकतम योजना हरु कपिलवस्तु को लागि छनौट गर्न प्रयास गर्नेछु । यश बर्ष को बजेट बनिसकेको ले आगामी बर्षहरुमा बन्ने बजेट मा कपिलवस्तु उच्च प्राथमिकता मा पर्नेछ , आगामी चार बर्षे योजना बनाउदा प्रदेश बाट बन्ने योजना हरु धेरै कपिलवस्तु को लागि पार्न अधिकतम प्रयास गर्नेछु , समग्र प्रदेश को योजना बनाउने हुदा प्रदेश कै समृद्धि का लागि योजना बनाउदा पनि कपिलवस्तु आफ्नो गृह जिल्ला भएकोले पनि आफ्नो पहिलो प्राथमिकता हुनेछ ।
आफुलाइ पहिलो सम्मान आफ्नै सस्थाले गरेकोमा अत्यन्तै हर्षित महसुस गरेको भाव ब्यक्त गर्दै सदस्य खनाल ले भन्नुभयो , म आफै एउटा ब्याबसायी भएको र समग्र ब्याबसाय को अवस्था राम्ररी बुझेको छु , ब्याबसायिक हकहित सङ्गै संस्थागत सहकार्य का लागि प्रतिबद्ध छु , आफ्नै संस्थाले आफुलाइ पहिलो सम्मान गरेकोमा हार्दिक आभार एवम धन्यवाद ब्यक्त गर्दछु।
उद्योग ब्यापार संघ कपिलवस्तु का निबर्तमान अध्यक्ष हुमनाथ पौडेल ले नबनियुक्त सदस्य खनाल को कार्यकाल सुखद र सफल रहोस भन्ने सुभेक्षा प्रकट गर्दै भन्नुभयो , उद्योग ब्यापार संघ कपिलवस्तु को लागि गर्भिलो उपलब्धि भयको छ , समग्र ब्याबसायी लाई फाइदा हुनेगरी योजना बनाउन सफलता मिलोस , कपिलवस्तु को मुहार फेरिने गरि योजनाहरु बनाउन पहल हुनेछ भन्ने अपेक्षा गरेको छु ।
उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल कोपिल ले प्रदेश योजना आयोग मा नियुक्ति हुनुभयकोमा सस्थाका सल्लाहकार समेत रहनुभयका सरोज खनाल लाई बधाइ तथा सुखद सफल स्मरणीय अनुकरणीय एबम उदाहरणीय कार्यकाल को शुभकामना दिदै भन्नू भयो , यो उपलब्धि ले उद्योग ब्यापार संघ कपिलवस्तु को पहिचान र उचाइ थप बढेको महसुस भयको छ , सक्षम र योग्य ब्याक्ती सहि ठाउमा पुग्नुभयको छ , तपाइँको क्षमता र योग्यता को कदर भयको महसुस गरियको छ , यसले समग्र कपिलवस्तु लाई त फाइदा पुग्नेनै छ , सस्थालाइ पनि सस्थागत बिकास को लागि नितिगत तहमै योजना बन्नेछन , सामुहिक लगानी मा उद्यमसिलता को बाताबरण का लागि योजना बनाउन पहल गर्नुहोला , ब्याबसायिक हकहित , स्थाइत्व सङ्गै आत्मनिर्भर एबम स्वाधिन अर्थतन्त्र निर्माण मा टेवा पुग्ने योजना बनाउन सफलता मिलोस धेरै धेरै शुभकामना ।
उद्योग ब्यापार संघ , कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल को अध्यक्षता , सदस्य सन्तोस गैरे को संचालन मा भयेको उक्त स्वागत संमान कार्यक्रम मा निबर्तमान अध्यक्ष , संघ का पदाधिकारी एबम सदस्यहरु , सल्लाहकार लगायत को उपस्तिथि रहेको थियो ।

शुभकामना

२०८० आश्विन ६, शनिबार १३:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय