शिव मारुती ज्वेलर्स

बारा, असोज ७ गते । बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारामा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ का राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।

शुभकामना

११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्‍याएको थियो ।

लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२०८० आश्विन ७, आईतवार १५:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय