पोखरा ,असोज ०८ गते । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि हातपात भएको छ।
अस्पतालमा उपचार गर्दागर्दै लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो निधन भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ।
उपचार गर्दागर्दै बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड र आक्रमण प्रयास गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरेको भन्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको बताए।
प्रहरी र अस्पताल प्रशासनले आक्रमणमा परेका डाक्टर लगायत स्वास्थ्यकर्मीका परिचय खुलाएका छैनन्।















