शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , असोज २० गते । इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् । र्दुइजनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा पनि हमासले आक्रमण गरेको थियो। आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

’केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ’संकटको यो घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौं।’

इजराइल स्थित नेपाली दूतावासको अभिलेख अनुसार इजरायलमा यति बेला ४५ सय नेपाली छन् ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

२०८० आश्विन २०, शनिबार १६:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय