शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,असोज २५ गते । जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा र वडा नम्बर ९ का अनील विश्वकर्मा रहेको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेले जानकारी दिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

इन्सपेक्टर लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी हिजो बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास गरेका थिए।

जिल्ला अस्पताल खाँदबारीमा समन्वय अधिकृतको रूपमा खटिएको प्रहरी कर्मचारीले सम्झाई बुझाई गर्दा प्रहरीमाथी नै हातपातको प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली पुगेको थियो।

जिल्ला प्रहरीको टोली पुगेर विक्रम र अनीललाई अस्पतालबाटै नियन्त्रणमा लिइएको इन्स्पेक्टर लामिछानेले जानकारी दिए।

प्रहरी पुगेपछि फरार रहेका आशिषलाई हिजो बेलुका पौने ८ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका तीनै जनाविरूद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थप अनुसन्धान भईरहेको इन्सपेक्टर लामिछानेले जानकारी दिए।

२०८० आश्विन २५, बिहीबार ०१:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय