शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असोज २५ गते ।  महोत्तरी प्रहरीले बुधबार राति ४ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ।

गएराति करिब २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

शुभकामना

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार प्रहरीले बरामद गरेको गाँजा ४ क्विन्टल ५ केजी छ।

प्रहरीले गाँजासहित ट्रक र ट्रक सहचालक मकवानपुरको थाहा नगरपालिका २ का २२ वर्षीय विशाल थिङलाई नियन्त्रणमा लिई आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालेको जनाएको छ।

२०८० आश्विन २५, बिहीबार १३:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय