कार्तिक ६ गते , महोत्तरी । आउदो मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा विजय प्राप्त गरेमा बर्दिवास नगरपालिकालाई उपमहानगरपालिका बनाउने पोषण थापा
ले बताएका छन् । रेडियो जुनताराको कार्यक्रममा जनआवाजमा थापाले यस्तो बताएका हुन्।
शुभकामना

थापाले महोत्तरीको क्षेत्र न.१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो भन्दा पहिला उनि यातायात कार्यालयका प्रशासकीय हाकिम थिए । जसबाट उनले राजिनामा दिएर राजनीतिको मैदानमा प्रवेश गरेका छन् ।
उनले बर्दिवास नगरपालिकालाई उपमहानगरपालिका र गौशाला ,भंगहा नगरपालिकालाई वडा कार्यालयमा परिणत गरि विकास कार्य गर्ने बताए ।
उनको यो कुराले सामाजिक संजाल तथा जनतामा निकै आलोचना समेत भएको छ ।














