महोत्तरी, श्रावण २२ गते । महोत्तरीको गौशालामा स्थापना भएको मालपोत र नापी कार्यालय श्रावण महिनाको २८ गते सोमबार बाट सञ्चालन हुन लागेको छ। सोमबार मध्यरातमा जलेश्वरस्थित भूमिसुधार , मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ श्रेस्तालगायतका आवश्यक कागजातहरू मंगलबार बिहान करिब ४:०० बजे गौशालामा ल्याएसँगै कार्यालय सञ्चालनमा आउने निश्चित भएको हो।
केही दिन पहिले मालपोत कार्यालय जलेश्वरबाट कागजातहरु ल्याउन जादाँ जलेश्वरका राजनितिककर्मी, स्थानीय र लेखापढी व्यवसायीहरू आन्दोलित बनेका थिए।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

उनीहरूको विरोधका बाबजुद प्रहरी प्रशासनको सहयोगमा मोठश्रेस्ताहरू गौशालामा ल्याइएको गौशाला मालपोत र नापी कार्यालयका प्रमुख जितेन्द्र झाले बताए ।
उनका अनुसार मालपोत र नापी कार्यालय गौशालामा हाल गापा/न.पा.हरू मध्ये गौशाला नगरपालिका, औरही नगरपालिका, सोनमा गा.पा. र सम्सी गा.पा. क्षेत्रका मोठश्रेस्ताहरू ल्याइएको र श्रावण महिनाको २८ गते देखि संचालन हुने जितेन्द्र झाले बताए ।

मालपोत र नापी कार्यालय गौशालाबाट सम्भवत आगामी आईतबारबाट सेवा सुचारु हुने बताइएको छ। ‘कागजातहरू आइपुगेको छ। यसलाई व्यवस्थित गर्नुपर्छ। एकदुई दिन मै सूचना जारी गर्ने तयारी छ। गौशाला मालपोत कार्यालयका कार्यालय प्रमुख जितेन्द्र झाले भने ‘सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह गर्ने गरी मोठश्रेष्ता व्यवस्थित गर्छौं। व्यवस्थित गर्न झन्झटिलो भएको कारण एक हप्तासम्म लाग्ने भएको हामी चाडै सूचना निकाली छिटोछरितो सेवा प्रवाह हुने हाम्रो विश्वास छ।’
गौशाला नगरपालिका,गौशाला उद्योग वाणिज्य संघ, व्यापारी, राजनितिककर्मीको विशेष पहलमा यहाँका आमनागरिकको लागि मालपोत तथा नापी कार्यालय स्थापना हुनु गौरवको विषय बनेको झाले बताए । झाले भने, ‘अव नगरवासीलाई जग्गासम्बन्धि कामकाजको लागि जलेश्वर जानुपर्ने बाध्यता हटनेछ । जग्गा खरिद विक्री गर्ने क्रममा अनेकौ उल्झनहरु रहदै आएको थियो । स्थापना हुने यस कार्यालयबाट गौशाला, औरही, सम्सी, सोनमा पालिकाका सर्वसधारणहरुले यहाँबाट प्रत्यक्ष रुपमा सेवा लिन सकिनेछ ।















