शिव मारुती ज्वेलर्स

सप्तरी ,राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लाको डाक्नेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह जनघेराउमा परेका छन् । नगरपालिकाका वडा नम्बर ६ का बासिन्दाहरुले बुधबार दिउँसोदेखि कार्यालयमा नै घेराबन्दी गरेपछि स्थिति तनावमय रहयो ।

मेयर मलाहको सुरक्षार्थ भारी संख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ रहेका छन् । तर राति साढे ८ बजेसम्म मेयरलाई कार्यालय बाहिर निस्कन दिएको थिएनन। वडा नम्बर ६ को पोखरी सम्बन्धी विवादमा मुछिएका मेयरलाई वडाबासीहरुले घेराउ गरेको थियो । वडामा रहेको पोखरीको विषयमा मेयर मलाहले गरेको निर्णयप्रति स्थानीय बासिन्दा आक्रोशित बनेका छन् ।

शुभकामना

पोखरी ठेक्कासम्बन्धी बिवादमा दिउँसो नगरपालिका अगाडि भेला भएका वडाबासीहरुले पालिका घेराउ गरेका हुन् । उनीहरुले टायर बालेर विरोध सुरु गरेपछि अवस्था तनावपूर्ण बनेको स्थिति थियो । सशस्त्र प्रहरीका डीएसपी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमान्डमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकोले अप्रिय घटना हुन नसके पनि मेयरलाई मुक्त गराउन सकिएको थिएनन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी गर्जुसिद्धी बज्राचार्यले मेयर मलाह आप्mनै कार्यकक्षमा असन्तुष्ट पक्षसित वार्ता गरिरहेको बताएका छन् । ‘मेयर साहेब असन्तुष्ट पक्षसित वार्तामा हुनुहुन्छ’ उनले भने, संवादबाट नै समाधान निस्कने छ । नगरपालिका घेराउमा रहेकाहरुमध्ये जनमत पार्टीका कार्यकर्ताहरुले समाचार संकलनमा रहेका एकजना पत्रकारलाई कुटपिट गरेको नेपाल पत्रकार महासंघ सप्तरीले जनाएको छ ।

यादवद्वयले नियोजित रुपमा कुटपिट गरेको साहले जनाएका छन् । तर एसपी बज्राचार्यले हुलमुलमा साहलाई चोटपटक लागेको बताएका छन् ।

उनीमाथि ताकेर आक्रमण नभएको उनले बताए । पत्रकारलाई हातपात भएपछि अध्यक्ष देवसहितका पदाधिकारी र पत्रकारहरु घटनास्थलमा पुगेका छन् ।

२०८० कार्तिक २, बिहीबार ०७:५९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय