शिव मारुती ज्वेलर्स

जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली सुरु भएको छ । बेलुकी ८ः३२ मिनेटमा सुरु भएको बोकाबली यस बर्ष १५२५१ बाेका बलि प्रदान गरिएको छ ।

राजदेवी मन्दिरमा यसपाली पनि ४ वटा ठेहा सँचालन गरिएको छ । बोकाबलीको लागि महावीर युवा कमिटिले ४ ठेहा लगाएको हो ।

शुभकामना

महावीर युवा कमिटिका सदस्य रवि कुमार शर्माका अनुसार, बोकाबली तीव्र गतिमा भईरहेको छ । एक मिनेटमा एउटा ठेहामा कम्तीमा ३० वटा बोकाबली प्रदान भईरहेको उनले बताए । शर्माका अनुसार, चारवटै ठेहामा एक मिनेटमा १२० बढी बोकाबली भईरहको छ ।

आर्थिक मन्दीको कारण राजदेवी मन्दिरमा यसपाली अन्य वर्षको तुलनामा बोकाबली कम हुने अनुमान गरिएको छ । यद्यपी, बाहिर बोकाबलीको लाईन हेर्दा पोहोर वर्षजस्तै हुने विश्वास पनि गरिएको छ ।

२०८० कार्तिक ६, सोमबार ०२:३९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय