फोकस नेपाल ,महोत्तरी । २०८० कार्तिक ०९, बिहिवार
महोत्तरी गाउँपालिका-३, डाम्हीमा डकैती भएको छ । राती १:१५ देखि २:१० बजेसम्म अन्दाजी ५५ वर्षीय सदानन्द सिंहकाे घरमा डकैती भएको हो ।
शुभकामना

डकैतीमा ६ जना प्रत्यक्षरुपमा संलग्न भएको सिंहको भनाइ रहेको छ । घरमा बाहिरबाट चुकुल लगाई सिंहलाई कुटपिट गरि १४ तोला सुन, २६ तोला चाँदी, ४३ हजार नगद, एकथान मोबाइल र बक्सा फुटाई करिब २ दर्जन महँगो सारी लुटेर लगेको सिंहको दाबी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।















