महोत्तरी,कार्तिक १० गते । रामगोपालपुरमा बिहिवार दुर्गा मूर्ति विर्सजनको समयमा एक दलितमाथी स्थानिय युवाको समुहले कुटपिट गरेका छन।
युवा समुहको निर्घात कुटपिटबाट रामगोपालपुर ४ चमारटोलीका ५५ वर्षीय रामदेव महरा गम्भिर घाईते भएका छन्।
दुर्गा मूर्ति विर्सजनको समयमा महरालाई सोही ठाँउ बस्ने २२ वर्षीय अंगज मुखिया , ४५ वर्षीय राधे मुखिया ,२१ वर्षीय विक्रम मुखिया , २० वर्षीय शम्भू मुखिया र ३५ वर्षीय राजेश मुखियाले सामुहिक रुपमा कुटपिट गरेको पिडितले बताएका छन।
मूर्ति विर्सजनको समयमा तँ दलित सानो जात किन आएको ”भन्दै आफूमाथी कुटपिट गरेको पिडितको भनाई छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

रामदेबले उनलाई कुटपिट गर्ने विरुद्ध बिहिवार इलाका प्रहरी कार्यालय रामगोपालपुरमा उजुरी दिएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी सहायक निरिक्षक शम्भू सिंहले बताए।
हाल रामदेबको स्थानीय मनोज मेडिकल हँलमा उपचार भईरहेको छ।
यस अघि उक्त समूहले गत असोज १८ गते सोही स्थानका २१ वर्षीया नियासा राम र १८ वर्षीया संगिता कुमारीलाई रातको समयमा खेतमा शौच गर्न गएको भन्दै कुटपिट र गालीगलौज गरेका थिए । पिडितले घटनालाई लिएर असोज १९ गते ईलाका प्रहरी कार्यालय रामगोपालपुरमा निवेदन दिएको बताईएको छ।
पिडितको निबेदनको आधारमा प्रहरीले पिडकहरुलाइ झिकाई चारपाटे मुन्डन गराएको पिडित नियासाका पति २९ वर्षीय मंजित रामले बताए । सो घटनामा पिडितलाई गम्भीर चोट लागेको हुँनाले उनिहरुको राधाकृष्ण मेडिकल रामगोपालपुर ५ मा उपचार गराइएको चिकित्सक मनोज चौधरीले जानकारी दिए ।















