एजेन्सी कार्तिक १३ गते । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन्। आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति रेल दुर्घटना भएको हो।
आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा उपचार भइरहेको रेलवेका मुख्य जनसम्पर्क अधिकारी विश्वजीत साहूले बताएको बीबीसीले जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अहिले रेल मर्मतको काम भइरहेको जनाइएको छ।















