वीरगञ्ज,कार्तिक १३ गते । बाराको सिमरामा गत शनिबारराति भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप एक युवकको उपचारका क्रममा मृत्युु भएको छ ।
वीरगञ्जस्थित नारायणी मेडिसिटी बयोधा हस्पिटलमा उपचारत वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ गहवाका ३० वर्षिय सुरज साह गुप्ताको आज सोमबार मृत्यु भएको हो ।
शुभकामना

योसंगै उक्त दुर्घटनामा परि मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि दुर्घटना भएकैरातमा भारतको मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ७ मा बस्दै आएका २७ वर्षिय मुकेश साहको घटनास्थलमै मृत्यु भएको थियो ।
चितवनको जलवीरेबाट पिकनिक मनाएर वीरगञ्ज फर्किरहेकोे ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस शनिबारराति ११ बजेतिर बाराको सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ४० भन्दाबढी घाइते भएका थिए । घाइते मध्ये हुनेहरु अधिकांश वीरगञ्जको गहवा थिए ।














