रामएकवाल राम ,लहान । लागुऔषध गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरको छ।
आईतवार बेलुकी करिब पाँच बजे सिराहाको धनगढीमाई नगरपालिका– १३ बाबुराम खोलामा गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो।
शुभकामना

ईलाका प्रहरी कार्यलय बिष्णुपुरकट्टीका प्रहरी नायब निरीक्षक राजिव यादवको कमाण्ड खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका– १४ का ५० वर्षीय पदमबहादुर विश्वकर्मालाई १३ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालयकाे सूचना अधिकारी डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए।














