वीरगंज, पर्सा ।पर्सा निर्वाचन क्षेत्र नं. १ को २ बाट प्रदेश सभा सदस्यका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउतले आइतवार बीरगन्ज महानगरपालिकाको वाड नं. १६ नगवामा घरदौलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । जनता दर्शन कार्याक्रम एवं घरदौलो कार्यक्रम निरन्तर रुपमा गरी रहेका मुख्यमन्त्री राउतले आज पनि घरदौलो एवं जनता दर्शन लगायतको कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
त्यसै गरी पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदिप यादव एवं क्षेत्र नं १ २ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका मुख्यमन्त्री राउतले आजै बीरगन्जको ब्रह्मचौक लागयतको क्षेत्रमा समेत सयुक्त रुपमा घरदौलो तथा जनता दर्शन कार्यक्रम गरेका छन् । घरदौलो कार्यक्रममा सत्ता गठबन्धनका नेताहरु प्रभु हजारा,शम्भु गुप्ता,डा. बिश्वम्भर शर्मा,शम्भु गुप्ता,अनवर अली, नेक महम्मद अंसारी,इश्वरचन्द्र यादव, धनश्याम गुप्ता,पूर्व वडा अध्यक्ष रामदरश कुशवाहा,सहिद पप्ती बिनिता देवी लगायतको सहभागीता रहेको थियो । नेताहरु जनताको घर घरमा पुगेर गठबन्धनको औचित्य तथा चुनावी एजेण्डाहरु बताउँदै एमाले – जसपा गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन अनुरोध गरेक थिए ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मुख्यमन्त्रीले राउतले आफुले मधेश प्रदेशलाई कानुनी हिसाबले अन्य प्रदेश भन्दा सक्षम बनाएको,बिकासका योजनाहरु सम्पन्न गराउँन सफल भएको,छोरी शिक्षा कार्यक्रमलाई जोड दिएको,स्वच्छता कार्यक्रम,पोखरी सौन्दर्यकरण कार्यक्रम लगायतका महत्वकाक्षी योजनाहरु प्रदेशमा लागु रहेको बताउदै एक पटक फेरी आफ्नो कामको मुल्याङ्कन गरी निर्वाचनमा बिजयी बननाउन अनुरोध गरेका थिए ।















