कपिलवस्तु । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ठ घोषित भएको छ । प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश मै उत्कृष्ठ घोषित भएको हो ।
गत आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न गरेको कार्य र उपलब्धिका आधारमा कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै पहिलो भएको केन्द्रका प्रमुख डाक्टर नलिननाथ तिवारीले बताए ।
शुभकामना

कपिलवस्तु लगातार तेश्रो पटह उत्कृष्ठ बन्दै उत्कृष्ठतामा हेयाट्रिक गरेको हो । केन्द्रमा २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका थिए ।
उता आर्थिक वर्ष ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको “प्रदेश स्तरिय वार्षिक समिक्षा २०८०” मा कार्यसम्पादन मुल्यांकन र न्युनतम सेवा मापदण्ड (MSS) को आधारमा कपिलवस्तु अस्पताल लुम्बिनी प्रदेशमा दोस्रो स्थान हासिल गरेको छ ।














