फोकस नेपाल ,मंसिर ०२ गते । हिन्दु र मुस्लिम धर्मले समेत मनाउने मधेशी समुदायको सबभन्दा ठुलो आस्थाको पर्वमा आधुनिकताले विलय हुँदै गएपछि जनकपुरियन युवायुवतिहरुले जागरुकता अपनाउन सुरु गरेको छ ।
केही बर्ष अगाडीसम्म छठ घाटमा आस्थाको साथ पारम्पारिक वस्त्र मात्र पहिरण गरी जाने गरेका श्रद्धालुहरु अहिले आधुनिकताको नाममा पर्वलाई मानमर्दन गर्न थालेपछि यसपाली छठी घाट, आफ्नो सँस्कृति वस्त्रको साथ जान अपिल गीत मार्फत गरिएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आफ्नो भाषा, सँस्कृति, तथा पहिरनलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ तयार पारिएको मैथिली गीत श्रद्धालु माझ ल्याउने भएको छ । “चलु चलैछी डेग बढाकय” शिर्षकको गीतमा आफ्नो सँस्कृति र पहिरनलाई झल्काउन खोजिएको हो ।
आधुनिकताको नाममा पश्चिमी पहिरन, अमर्यादित पहिरन, उत्तेजित पहिरनले धार्मिकता, श्रद्धामा समेत ठेस पुग्न थालेपछि कमसेकम छठ पर्वको बेला घाटमा आफ्नै मर्यादित पहिरन, वस्त्रको साथ जान चेतना फैलाउन खोजेको हो ।
जनकपुरका सँजय कुशवाहा र रोशनी कुमारी कर्णको आवाजमा रहेको गीतमा छठी घाटमा आफ्नै सँस्कृति वस्त्र लगाउन भनिएको छ । गीत छठ पर्वको दिन रिजिल हुने निर्माण टिमका राहुल महतोले जनाएका छन् ।















