शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,मंसिर १२ गते ।गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका–७ का २३ वर्षीय खाँ पक्राउ परेका थिए ।

शुभकामना

गएको कात्तिक १७ गते शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा बालिकाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविनकिशोर प्रधानसहितको टोली अनुसन्धानपछि खाँलाई पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरिएको थियो ।

अदालतले खाँलाई हिजो पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

२०८० मंसिर १२, मंगलवार १३:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय